काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित निर्वाचन क्षेत्रमा अन्य दलबाट कुनै पनि उम्मेदवारी दर्ता नभएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयभित्र नेकपा लगायत अन्य दलका तर्फबाट उम्मेदवारी नआएपछि कांग्रेस उम्मेदवार थापा एक्ला प्रतिस्पर्धी बनेका थिए ।
यससँगै औपचारिक मतदान प्रक्रिया आवश्यक नपरी उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने आगामी पुस २७ गते गरिनेछ ।














