काठमाडौँ, २३ पुष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।
सचिवालयले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा निधिमाथि भएको अपमानजनक व्यवहारको घोर भत्र्सना गरेको छ ।
साथै, उक्त घटनामा विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनेर गरिएको प्रचार गलत र भ्रामक भएको सचिवालयले जनाएको छ ।














