काठमाडौँ, २३ पुष । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
उनका अनुसार निर्वाचन सुरक्षालाई लिएर उठेका प्रश्नका बाबजुद मुलुकको समग्र सुरक्षा अवस्था मजबुत छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा निर्वाचन सेल गठन गरी सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ ।
प्रहरीका सबै युनिटहरू निर्वाचन लक्षित गतिविधिमा सक्रिय रहेको र भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिने उनले स्पष्ट पारे ।














