काठमाडौँ, २३ पुष । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारबाट थप २० मिटर खाली गर्नुपर्ने मापदण्डविरुद्ध स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि काठमाडौँ महानगरले सूचना जारी गरेपछि गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले मापदण्डका नाममा वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई विस्थापित गर्न नहुने माग गरेका छन् । उक्त निर्णयले हजारौँ स्थानीय बासिन्दाको उठिबास लाग्ने भन्दै उनीहरूले पुनर्विचारको माग गरेका छन् ।














