काठमाडौँ, २३ पुस । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ ।
नेकपासँग पनि सहकार्यको प्रयास भए पनि सहमति नजुटेपछि नेकपा तालमेलबाट बाहिरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिनेछन् । क्लस्टरसमेत टुंगिएको छ भने जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको नेताहरूले बताएका छन् ।














