काठमाडौं, २२ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् ।
आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा स्पष्टिकरण माग्दै मेयर शाहलाई पत्र पठाएको थियो । सो पत्रको जवाफ आयोगमा प्राप्त भइसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार आयोगले बयान तथा आवश्यक विवरण संकलनको काम सकेर प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको छ ।
यसअघि आयोगले गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका उच्च अधिकारी, प्रशासनिक नेतृत्व तथा पूर्वगृहमन्त्रीसहित विभिन्न सरोकारवालासँग बयान लिइसकेको छ ।














