काठमाडौं, पुस २२ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा सक्रिय भइसकेका तथा आगामी निर्वाचन लड्ने तयारीमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छिन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय रहेको भन्दै दलीय गतिविधिमा संलग्न मन्त्रीहरूले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताएकी छिन् ।
बैठमा सहभागी हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधिमा संलग्न छन् । यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राख्दै रास्वपा नेतृत्वसँग निकटता बढाएको बताइएको छ ।














