काठमाडौं, पुस २२ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको एजेन्डाले आन्तरिक तनाव चर्किएको छ ।
विशेष महाधिवेशनको माग गर्दै पक्षधर कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् । नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र भएको हो ।
विधानअनुसार आवश्यक बहुमत प्रतिनिधिको हस्ताक्षर बुझाएको तीन महिना बितिसक्दा पनि नेतृत्वले बेवास्ता गरेको आरोप पक्षधरहरूको छ ।
पक्षधरहरूले पुस मसान्तमा भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी गरिरहँदा संस्थापन पक्ष भने वैशाखमा नियमित महाधिवेशन गर्ने अडानमा छ ।














