वीरगञ्ज, २२ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको कफ्र्यू लम्ब्याएको छ ।
मंगलबार बिहान ८ बजेसम्म रहेको कफ्र्यू दिउँसो १ बजेसम्म थप गरिएको छ । दुई समुदायबीच तनाव बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका थिए ।
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जारी कफ्र्यू आदेशमा उल्लेख गरि।रएको छ ।
धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् ।














