काठमाडौँ, २२ पुस । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भइरहेको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा राष्ट्रिय सभाका उम्मेदवार र सीट बाँडफाँडबारे मुख्य रुपमा चर्चा भइरहेको छ ।
कांग्रेस र माओवादीसँग भएको सहमति अनुसार १८ सीटका लागि संयुक्त रूपमा चुनाव लड्ने तयारी गरिएको छ भने एमालेले ६ सीटमा उम्मेदवारी दिने बताइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको विवरणबारे ब्रिफिङ गरेका छन् । साथै प्रतिनिधिसभा उम्मेदवार सिफारिससँग जोडिएका विवाद पनि उठ्ने सम्भावना छ ।














