वीरगञ्ज, २१ पुष । वीरगञ्जमा धार्मिक सद्भाव बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यू (निषेधाज्ञा) जारी गरेको छ ।
धनुषामा मस्जिद तोडफोडको घटनापछि मुस्लिम र हिन्दूवादी समूहको प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणका लागि दिउँसो १ बजेदेखि अनिश्चितकालसम्म सभा, भेला र जुलुसमा रोक लगाइएको हो ।
बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेट निषेधित क्षेत्र तोकिएका छन् ।














