हेटौँडा, २० पुस । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा हेटौँडा–काठमाडौँ वैकल्पिक राजमार्गमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
ना१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।
सवारीमा ९ जना सवार थिए, जसमा ७ जनाको अवस्था गम्भीर रहेकामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकहरूको नाम खुल्न बाँकी छ ।














