काठमाडौं, २० पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित स्टेटमेन्ट दिएका छन् ।
आयोगको टोली पत्रसहित ओली निवास गुण्डु पुगेर उनको भनाइ संकलन गरेको हो । सुरुमा सिंहदरबारमा बयान दिन अस्वीकार गरेका ओलीले पछि आयोगको टोली गुण्डु आएमा सहयोग गर्ने धारणा राखेका थिए ।
आयोगले गोप्य रूपमा तयार गरेका प्रश्नहरूमा केन्द्रित रहेर ओलीले लिखित जवाफ पेस गरेका छन् ।














