KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धार्मिक टिप्पणीको विवाद चर्कियो, आठै जिल्लामा सुरक्षा कडाइ

धार्मिक टिप्पणीको विवाद चर्कियो, आठै जिल्लामा सुरक्षा कडाइ

जनकपुर, २० पुस । टिकटकमा एकअर्काको धर्म र संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

धनुषामा सुरु भएको घटनाको प्रभाव पर्साको वीरगञ्जसम्म फैलिँदा सुरक्षा निकायले मधेशभर सतर्कता बढाएका छन् । धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ ।

एक उच्च सुरक्षा अधिकृतका अनुसार पछिल्लो घटनाक्रमलाई ‘संवेदनशील परिस्थिति’को रूपमा मूल्यांकन गर्दै थप सुरक्षाकर्मी परिचालन, गस्ती वृद्धि र सम्भावित भिडभाड हुने स्थानमा निगरानी बढाइएको छ ।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए । उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको रहेको भन्दै स्थानीय अगुवा तथा समुदायका प्रतिनिधिहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको अवस्थामा ती युवाहरू पक्राउ गरिएको भन्दै केही समूह आक्रोशित बनेका थिए । सोही क्रममा स्थिति नियन्त्रण बाहिर जाँदा मस्जिदमा आक्रमणसमेत भएको थियो ।

घटनापछि प्रहरीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । उनका अनुसार मस्जिद आक्रमणमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ ।

धनुषाको उक्त घटनालाई लिएर पर्साको वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

वीरगञ्जका संवेदनशील क्षेत्र, धार्मिक स्थल र मुख्य चोकहरूमा प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले सबै पक्षलाई संयम अपनाउन, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नपोस्ट गर्न र कानुन हातमा नलिन आग्रह गरेको छ ।

साथै, शान्ति, सद्भाव र आपसी सहिष्णुता कायम राख्न स्थानीय समुदाय, धार्मिक अगुवा र नागरिक समाजसँग समन्वय गरेर काम भइरहेको बताइएको छ ।

Facebook Comment

Related Posts

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar