एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पत्नीसहित नियन्त्रणमा लिएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको छ ।
अमेरिकी सेनाले शनिबार काराकासमा हवाई हमला गरी मादुरोलाई पक्राउ गरी अमेरिका लगेको हो । भेनेजुएलाको सर्वोच्च अदालतले रोड्रिगेजलाई पदभार ग्रहण गर्न आदेश दिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अपरेसन पूर्ण गोप्य रूपमा ३० मिनेटभित्र सम्पन्न भएको थियो ।














