काठमाडौं, १० पुस । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि दोषी पहिचान हुन सकेको छैन ।
मङ्सिर २२ गते उनको शव कर्जन्हा–२ स्थित विद्यालय नजिकै फेला परेको थियो । दोषी सार्वजनिक नहुँदा पीडित परिवार र स्थानीयवासी आक्रोशित बनेका छन् ।
स्थानीयले घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् भने प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ ।
दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका छन् ।














