काठमाडौं, ९ पुस । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकताको निर्णय गरेको हो । सहमति पत्रमा आजै साँझ ७ बजेअघि हस्ताक्षर हुने जनाइएको छ ।
पद बाँडफाँटबारे कुनै सहमति नभएको र कमल थापा बिना सर्त एकतामा तयार भएको राप्रपाले जनाएको छ । थापा २०७८ मा पार्टी विभाजन गरी राप्रपा नेपाल गठन गरेका थिए ।














