काठमाडौं, ७ पुस । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग तत्काल संवाद गर्नुपर्ने माग गरेको छ ।
निर्वाचनसम्बन्धी सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले राजनीतिक दलसँग दुश्मनी साँधेर निष्पक्ष निर्वाचन सम्भव नहुने भन्दै आवश्यक वातावरण र सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।
निर्वाचन समयमा नभए सरकारको वैधतामाथि प्रश्न उठ्ने चेतावनी दिँदै उनले लोकतन्त्रमा राजनीतिक दलको भूमिकालाई बेवास्ता गर्न नहुने स्पष्ट पारे ।














