काठमाडौँ, ७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।
महाराजगञ्जस्थित देउवा निवासमा आज ओली संग भेटवार्ता भएको छ । भेटमा भएका कुराकानी बाहिर आइनसके पनि समसामयिक राजनीतिक विषयका साथै जेनजी आन्दोलनपछिको परिस्थिति र आउँदो निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ ।
यसअघि ओलीले गरेको भेटपछि शेरबहादुर देउवा संसद पुनःस्थापनका लागि सर्वोच्चमा रिट लैजान तयार भएका थिए ।














