काठमाडौं, ६ पुस । संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।
कांग्रेसका ६८ र एमालेका ७८ सांसदको हस्ताक्षर तयार भएको छ । कांग्रेसका शीर्ष नेताहरूको हस्ताक्षर सूचीमा नभए पनि बहुमत सांसदको हस्ताक्षर बुझाइने जनाइएको छ ।
एमालेतर्फ भने संसदीय दल र केन्द्रीय कमिटीको निर्णयअनुसार सबै निवर्तमान सांसदको हस्ताक्षर समेटिएको छ । दुवै दलले प्रतिनिधिसभा विघटन र सरकार गठनलाई संविधानविपरीत ठहर गर्दै संसद् पुनःस्थापना र संवैधानिक प्रक्रियाबाट सरकार गठनको माग गरेका छन् ।
सर्वोच्च अदालतले यस सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरिसकेको छ ।














