जनकपुर, २८ मंसिर । जनकपुरमा मधेश प्रदेशको आम सञ्चार प्राधिकरणको आयोजनामा पत्रकारहरूका लागि एक दिने कृत्रिम बौद्धिकता (AI) सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणमा AI को प्रयोग, यसको उपयोगिता र सावधानीबारे जानकारी दिइयो । कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री मधेश प्रसाद यादवले समाजमा सकारात्मक परिवर्तनका लागि AI को जिम्मेवार प्रयोग आवश्यक रहेको बताए ।
उनले पत्रकारहरूको क्षमता विकास, बीमा र भरणपोषणमा सरकार गम्भीर रहेको उल्लेख गरे ।














