काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेपछि ब्याटिङ रोजेका हुन् । फाइनल खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ ।
मुख्तार अहमदको स्थानमा पुनीत मेहरा समावेश भएका छन् भने मिलन बोहराको साटो दीपक बोहरा टोलीमा आएका छन् । यता लुम्बिनी लायन्सले एक खेलाडी परिवर्तन गरेको छ ।
जेजे स्मिथको स्थानमा श्रीलंकाली खेलाडी मोभिन शुभसिंहालाई अन्तिम एकादशमा राखिएको छ । मोभिनको यो एनपीएलको पहिलो खेल हो ।














