काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले टस जित्दै लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आज जनकपुरले एक परिवर्तन गर्दै कप्तान वायन पार्नेललाई बेन्चमा राखेर संगीथ कूरेलाई प्लेइङ–११ मा सामेल गरेको छ । कप्तानको जिम्मा भने निकोल लफ्टी इटनले सम्हालेका छन् ।
यदि जनकपुर आज विजयी भएमा उसको अंक ४ पुग्नेछ, जबकि लुम्बिनी ६ अंकमै रहन सक्छ । ६ अंक हुने टोली पनि प्लेअफमा पुग्ने सम्भावना खुला नै छ । जनकपुरले आफ्नो अन्तिम लिग खेल आइतबार कर्णाली याक्ससँग खेल्नेछ ।
लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई र जनकपुरले चितवन राइनोजलाई पराजित गरेर आजको खेलमा प्रवेश गरेका हुन् ।














