काठमाडौं, ३ मंसिर । गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजना अनुमोदन गर्दै चारै सुरक्षा निकायबीच समन्वय मजबुत गर्ने निर्णय गरेको छ ।
विगतका अनुभवका आधारमा तयार गरिएको योजना अनुसार प्रदेश प्रमुख सचिवको संयोजनमा प्रदेश कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गरिनेछ ।
सुरक्षा चुनौतीबारे प्रस्तुत विवरणहरूका आधारमा समितिले प्रिअक्टिभ सुरक्षा व्यवस्थापन, सहकार्य र सूचनाको तत्काल आदान–प्रदानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।














