काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले अहिलेको जस्तै खुला र ठूला भ्रष्टाचारको घटना नदेखिएको दाबी गरेका छन् ।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै उनले हाल देखिएका प्रकरणहरू आफ्नो कार्यकालमा नदेखिएको जनाए ।
ओलीले ऊर्जासम्बन्धी विद्युत् खरिद प्रक्रिया र कर छुटका नाममा विदेशी कम्पनीहरूलाई फाइदा पु¥याउँदै कमिसन लिने काम वर्तमान सरकारका मन्त्रीहरूले गरेको आरोपसमेत बतााए ।
यद्यपि उनले ऊर्जा मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम प्रत्यक्षतः नलिई टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले आफ्नै सरकारको समयमा केही अनियमितता भए पनि अहिले भइरहेको जस्तो चरम कुशासन, राजनीतिक अस्थिरता र ठूला भ्रष्टाचारका घटना नदेखिएको जिकीर गरे ।














