काठमाडौं, २ मंसिर । नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक राख्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना गरिनुपर्ने पार्टीको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो ।
बर्तौलाका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन र पुनस्र्थापनाबारे जानकारी गराउनेछन् ।
संसद् विघटनको संवैधानिक परीक्षण बाँकी रहकाले त्यसका लागि दल वा सांसद अदालतमा जाने विषयमा पनि छलफल हुने उनले बताए ।














