काठमाडौं, २ मंसिर । नयाँ मतदातामा ६ लाख २० हजार थपिएका छन् ।
यो तथ्याङ्क सोमबार राति ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएको छ ।
राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना रहेका छन् । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले बताए ।
सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।














