काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी प्रक्रियामा द्वेषपूर्ण र भड्काउने अभिव्यक्ति सहन नहुने बताउँदै त्यसका विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिएकी छन् ।
सिंहदरबारमा नागरिक अगुवासँग भएको छलफलमा उनले निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र विश्वसनीय बनाउन ‘हट–स्पट’ नक्सांकन, गुप्तचर परिचालन र कठोर निगरानी बढाएको जानकारी दिइन् ।
लोकतन्त्रको संरक्षणका लागि नागरिक समाजले सरकार र राजनीतिक दलबीच विश्वास निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।














