जनकपुर, १ मंसिर । आन्दोलित मधेश प्रदेशका सात दलका सांसदहरु आज पनि सडकमा धर्ना र आन्दोलन गर्दैछ ।
सर्वोच्च अदालतले आज मधेश प्रदेशको सरकार गठनको विषयमा सुनुवाइ गर्दैछ । अदालतले आज सुनुवाइ गर्ने भएपछि सांसदहरु बिहानैदेखि सडकमा उत्रिएका हुन् ।
असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छन ।
मधेश प्रदेश सभा सदस्य राम अशिश यादबले अदालत प्रति विश्वस्त रहेको बताए । उनले न्यायको मन्दिर अदालतले संविधान रक्षात्मक र लोकतन्त्रको मूल्य मान्यतालाई यथावत राख्ने बताए ।














