जनकपुर, २४ कात्तिक । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवाद चर्किएसँगै आज बिहान मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ।
नेपाली कांग्रेससहितका विपक्षी सांसदहरू कार्यकक्षभित्र प्रवेश गरी कुर्सी फालेका र राष्ट्रिय झन्डा समेत हटाई फालेका छन्।
झन्डा फाल्ने व्यक्ति कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह रहेको खुलेको छ।
घटनाबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ। यसैगरी, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरिएको छ।
कांग्रेस, जसपा र लोसपाका सांसद तथा कार्यकर्ताहरूले कार्यालय नजिकको बोर्ड र गमलाहरूमा क्षति पु¥याएका छन्। विवाद बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।














