काठमाडौं, २३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघ–संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा शिक्षक वा प्राध्यापकले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयमा प्राप्त गुनासोअनुसार केही शिक्षक संगठनहरू पेशागत दायित्वभन्दा बाहिर गई राजनीतिक गतिविधिमा सक्रिय रहेकाले शैक्षिक गुणस्तर खस्किएको जनगुनासो आएको उल्लेख छ ।
शिक्षामन्त्री महावीर पुनले पनि विद्यालय तथा विश्वविद्यालयलाई शान्ति क्षेत्रको रूपमा सम्मान गर्न सबै शिक्षकलाई राजनीतिक क्रियाकलापबाट टाढा रहन निर्देशन दिएका छन् । 













