जनकपुर, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् । \
सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना समेत गरेका छन । मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्सारी अन्तिममा समय मागेर बोलेका थिए ।
त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् ।
उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रका आदेशमा बनाइएको आरोप समेत लगाए ।














