एजेन्सी । गाजामा ‘नरसंहार र मानवताविरुद्ध अपराध’ गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख इयाल जामिरसहित ३७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
इजरायलले भने यस कदमको कडा विरोध गर्दै टर्कीका राष्ट्रपति एर्दोगानलाई ‘तानासाह’ भनेर आलोचना गरेको छ ।














