पोखरा, २१ कात्तिक । जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन् ।
उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
उनले पक्राउ परेकाहरू जेनजी आन्दोलनका अभियानकर्ता नभएको बताए ।














