काठमाडौं, २१ कर्तिक । आज काठमाडौँमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै छ ।
विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्ने भएको छ ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशहरूका सभाममुख र उपसभामुख सहभागी हुनेछन् ।
बैठकमा चुनावलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।














