काठमाडौँ, २० कार्तिक । नेकपा एकीकृत समाजवादी छाडेकी नेत्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेकी छिन् ।
गुण्डुमा उनीसहित किसान श्रेष्ठलगायतका नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजनाको मिति तय भएको एमाले नेता महेश बस्नेतले बताए ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकतामा समाहित भएपछि झाँक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएका थिएनन् ।
नेपालले भने उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको जानकारी गराएका छन् ।














