काठमााडौं, २० कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ भदौको आगजनी घटनालाई समाजमा लामो समयदेखि फैलाइएको घृणाको परिणाम भएको दाबी गरेका छन् ।
भक्तपुरस्थित गुन्डुमा नेता–कार्यकर्तासँग भेट्दा उनले घृणा र अपशब्द प्रयोग गर्ने संस्कृतिले मानिसलाई “राक्षस” बनाएको बताए । ओलीका अनुसार सामान्य मान्छेले यस्तो हिंसात्मक कार्य गर्न सक्दैन ।
उनले अप्रत्यक्ष रूपमा काठमाडौंका मेयर बालेन शाहलाई समेत घृणा फैलाउने व्यवहारमा संलग्न भएको संकेत गर्दै सभ्य र आदरपूर्ण संवादमै समाजको समाधान रहेको उल्लेख गरे ।














