काठमाडौं, २० कार्तिक । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौंमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै हालको सत्ता निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
उनले जेन–जी पुस्ताको बलिदानले तानाशाही र दलाल सत्ता खरानी बनाइदिएको बताए । विप्लवले राज्यसत्तालाई अन्धो, बहिरो र जनविरोधी रहेको भन्दै सर्वपक्षीय अन्तरिम सरकार गठनको माग पनि दोहोर्याए ।














