काठमाडौं, २० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंम विरोध प्रदर्शन भएको छ ।
पार्टीले सबै राजनीतिक शक्तिहरूको सहभागितामा अन्तरिम सरकार गठन गर्नुपर्ने मागसहित ¥याली र सभा आयोजना गरेको हो ।
बिहीबार दिउँसो राजधानीका विभिन्न स्थान हुँदै निक्लिएको ¥याली अन्ततः भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको छ ।
पार्टीका अनुसार, पछिल्लो जेनजी आन्दोलनपछिका राजनीतिक परिवर्तन र विकसित घटनाक्रमबारे आफ्नो दृष्टिकोण जनतामाझ स्पष्ट पार्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।
सभामा नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले प्रमुख सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।














