जनकपुर, १९ कात्तिक । कात्तिक पूर्णिको दिन प्रत्येक वर्ष धनुषा र सिरहा जिल्लाको सिमानामा बग्ने कमला नदी किनारमा देवता मेलामा बिहान देखि भीड रहेका छन् ।
पारम्परिक रूपमा यो मेलामा सहभागी श्रद्धालुहरूले ‘पापकी छय, धर्मकी जय’ भन्दै कमला नदीमा नुहाउने गर्छन् । जनविश्वास अनुसार आजको दिन कमलामा न्ुहाउन गर्नाले पाप नाश हुने र भूत–प्रेतको भय टर्ने मानिन्छ ।
मेलाको अवसरमा कमला नगरपालिकाले वुधवारका लागि तथा सबैला नगरपालिकाले वुधवार सार्वजनिक बिदा दिएको छ । यसै गरी मेलामा सहभागीको सहजताका लागि जनकपुर–जयनगर रेल सेवालाई नियमित तीन पटकबाट बढाएर सात पटक सञ्चालन गरिएको छ ।
कमला नदीमा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुरका साथै भारतका मधुवनी, दरभङ्गा, समस्तीपुर र जयनगर लगायत स्थानबाट हजारौं भक्तजन आएको छ ।














