काठमाडौं, १८ कार्तिक । जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । दुवै अदालतको तर्फबाट जाहेरी परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् ।














