काठमाडौं, १५ कार्तिक । नेकपा एमालेले एघारौं महाधिवेशनको स्थल पोखराबाट परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमै महाधिवेशन आयोजना हुनेछ ।














