झापा, १५ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका माइधारका ३३ वर्षीय सरोज शर्मा एक सातादेखि बेपत्ता भएका थिए ।
आज बिहान उनको शव झापाको बाह्दशी र झापा गाउँपालिकाको बीचस्थित बिरिङ खोलामा गाडिएको अवस्थामा फेला परेको छ ।
शर्मा सवार बागमती प्रदेश–०१–०३ च ७१९४ नम्बरको कार यसअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनमा जलेको अवस्थामा भेटिएको थियो ।
घटनामा संलग्न आशंकामा २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाहलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














