काठमाडौं, १४ कात्तिक । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित आ गमन थकाली चुलो एण्ड क्याफे नजिकैबाट प्रहरीले दुई महिलालाई चितुवाको छालासहित पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ निवासी ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका–६ की ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् ।
सातदोबाटो प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूबाट बरामद गरिएको चितुवाको छाला आफ्नो कब्जामा लिएर थप अनुसन्धान अघि बढाएको बताए ।














