काठमाडौं १२ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो पटक त्रिपक्षीय वार्ता सुरु भएका छन् ।
निर्वाचनको वातावरण तयार गर्न सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल थालेको हो ।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार यो बैठक आगामी प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सहमतिको वातावरण बनाउने उद्देश्यले आयोजित गरिएको हो ।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच भएको छलफलमा निर्वाचन समयमै सम्पन्न गर्ने सहमति बनेको थियो ।














