काठमाडौं, ११ कार्तिक । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात आज (मंगलबार) शक्तिशाली हुँदै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ ।
यसले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुका केही भागमा भारी वर्षा गराउने सम्भावना छ । चक्रवात आज राति आन्ध्र प्रदेशको काकिनाडा नजिक तट पार गर्ने अनुमान गरिएको छ, जसका बेला हावाको गति ९०–१०० किमी प्रति घण्टा पुग्न सक्छ ।
‘मोन्था’को प्रभाव नेपालमा पनि पर्नेछ । मौसमविद्हरूका अनुसार चक्रवात पूर्वी मार्ग हुँदै बिहीबारतिर नेपाल प्रवेश गर्नेछ, जसले कोशी, मधेश र मध्य नेपालका केही भागमा वर्षा गराउने सम्भावना छ ।














