काठमाडौं, ८ कार्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (काठमाडौँ, ललितपुर र भक्तपुर) सँग काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका छन् ।
छठ पर्वपछि काठमाडौँ केन्द्रित आन्दोलनको तयारीबारे भएको छलफलमा सुरक्षाको विषयमा मुख्य रूपमा कुराकानी भएको ललितपुरका सीडीओ सुमन घिमिरेले बताए ।
सीडीओहरूले प्रसाईंलाई शान्ति सुरक्षा प्रभावित नपर्ने गरी आन्दोलन गर्न सुझाव दिएका र वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गरेका छन् । छलफल करिब ४५ मिनेटसम्म चलेको थियो ।














