चितवन, ८ कातिक । मकवानपुरको भीमफेदी कारागारबाट गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ।
कालिका नगरपालिका–४ पदमपुरका २८ वर्षीय नारायण कुमाललाई कात्तिक ६ गते राति गैंडाकोट–१ इँटाभट्टा नजिक स्थानीय युवाहरूको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
डीएसपी मधु नेपालका अनुसार हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् र अनुसन्धान जारी छ।
प्रत्यक्षदर्शीका अनुसार करिब १४–१५ जनाको समूहले कुमालमाथि आक्रमण गरेको थियो।
कुमाल जर्बजस्ती करणी मुद्दामा १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।
२०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेका जेलर सुवास पौडेलले जानकारी दिएका छन्।














