पर्सा, २६ असोज । हैजा संक्रमण फैलिएको डेढ महिनापछि पर्सामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
गत भदौ ६ देखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको छ ।
खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।
जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेको छ ।
खोप खाएपछि प्रजिअ सुवेदीले खोप सुरक्षित रहेकाले सबै उमेर समूहका व्यक्तिलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे ।














