काठमाडौं, २६ असोज । झापाको दमकमा लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये दुई जना अघिल्लो महिनामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भाग्ने घटनामा संलग्न रहेका थिए । शनिबार साँझ इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका–३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर ब्३, हट नं. ३५३ मा छापा मारेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको बताए ।
छापाका क्रममा प्रहरीले चश्माको खोलमा लुकाइएको ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।
पक्राउ परेकामा निम्न व्यक्ति छन्ः
साजन थापा (२७), दमक–३ वेलडाँगी, भुटानी शरणार्थी शिविर
दिपेश तामाङ (३२), इलाम चुलाचुली–३
सनम राई (३२), इलाम चुलाचुली–३
आदित्य लिम्बू (१८), दमक–३
पविन विश्वकर्मा (१९), दमक–३
सुचन दर्जी (२५), दमक–३
बिजय माझी (२५), वेलडाँगी शरणार्थी शिविर
निश्चल पोर्तेल, मोरङ मिक्लाजुङ–८
प्रहरीका अनुसार, पक्राउ परेका आदित्य लिम्बू भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट हतियार लुट्ने घटनामा संलग्न थिए। त्यस्तै, निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार भएका थिए। उनलाई लागूऔषध मुद्दामा अनुसन्धानका लागि थुनिएको थियो।
प्रहरीले बरामद लागूऔषध र पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।














